मधानी महायज्ञको खर्च सार्वजनिक, कलाकारको पारिश्रमिक मात्रै २५ लाखभन्दा बढी

मधेस ब्यूरो । मौलापुर नगरपालिकाले पारदर्शिताको नमुना देखाउँदै मधानी महायज्ञको खर्च सार्वजनिक गरेको छ । अन्य पालिकाले कुनै पनि कार्यक्रमको यसरी खर्चको विवरण सार्वजनिक गर्दैनन् । विवरण मांगदा पनि आनाकानी गर्छन् । तर मौलापुर नगरपालिका भने यसको उदाहरणीय बनेको छ ।

पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्पसहित मौलापुर नगरपालिकाद्वारा फागुन २२ गतेदेखि २६ गतेसम्म पाँच दिवसीय मधानी महोत्सव जम्मा ७३ लाखमा सम्पन्न भएको छ ।

यो महोत्सवमा भारतीय सुपरस्टार अभिनेता गोविन्दा, नेपालीका अभिनेता पल शाह, नायिका निलम गिरी, विश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौँ प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता, बाबाधामको मुल पुजारीहरु र संस्कृत विश्वविद्यालयको आचार्यहरुले मन्दिरमा पूजा गराएका थिए ।

साथै विशाल संख्यामा निकालिएको भगवान् शिवको बारात यात्रा थियो भने विभिन्न शिव मण्डलीसहितको शिवलिला प्रदर्शन रहेको थियो । दुनियालाई तरंगित गर्ने यस्तो विशाल कार्यक्रम यति कम रकममा भव्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको छ ।

सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैँमा सराहनीय एवं उदहरणीय कार्य हो । मौलापुर नगरपालिका बिकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात छ ।

यस्ताे छ महायज्ञको खर्च विवरण

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया