आमा बुवा भन्दा ठूलो कोही छैन : अभिनेता गोबिन्दा

रौतहट । भारतीय फिल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नुपर्ने बताएका छन् ।

रौतहटको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उद्घाटन समारोहमा सहभागी हुन आएका बलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नुपर्ने सुझाव दिएका हुन् ।

नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने, ‘नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नुपर्छ ।’ मौलापुर नगरपालिकाले छोरीको विवाहमा गर्दै आएको सहयोगको सराहना गर्दै उनले, ‘भने नगरपालिकाले निशुल्क विजुली, पानी, कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो ।

१४ वर्षको उमेरदेखि २१ बर्षसम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।
५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधिसभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताएका थिए । ‘मैले सोचेको थिइन यो ठाउमा आउछु होला भनेर,’ उनले भने, ‘महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा यहाँ आउन पाए धेरै खुसी छू ।’

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ सालदेखि मधानी महोत्सव आयोजना गर्दै आएको छ । मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार, स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरिएको छ ।

महंगो पारिश्रमिक लिएर महोत्सवमा आएका गोविन्दालाइ हेर्नको लागि रौतहट, बारा र सर्लाही जिल्लाबाट दर्शकहरु आएका थिए । गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी, नेपाली चलचित्रका नायक पल शाह, दिनेश डीसी, लगायतका कलाकारले आ– आफ्नो प्रस्तुति देखाएका थिए ।

प्रतिक्रिया