चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी सुरु

उद्घाटन खेलमा कलैया बिजय

बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२४ मा चौथो जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र हरपुर क्रिकेट कल्बको आयोजनामा सुरु भएको टी– २० क्रिकेट टुर्नामेन्टको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले बलिङ गर्दै उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र दुई करोड ५४ लाख बजेट खेलकुदमा लगानी गरे पनि त्यो अनुकुल नतिजा नआएको बताए । उनले भने, ‘हामिले करिब कुल बजेट को १.५० प्रतिशत बजेत खेलकुदमा लगानी गरेपनि अहिलेसम्म जीतपुरसिमरा उपमहानगरपालिका भित्रका कुनै पनि खेलाडीले राष्ट्रिय टिम सहभागी हुन सकेको छैन ।’

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला अधिकारीले हरपुर क्रिकेट मैदानको स्तरोन्नतिको लागि उपमहानगरले सहयोग गर्न तयार रहेको बताए । हरपुर क्रिकेट क्लबको अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका –२४ का वडाध्यक्ष सुल्तान अन्सारीले स्वागत मन्तव्य राखेको थियो ।

उद्घाटन खेलमा कलैया क्रिकेट क्लब बिजयी

चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा कलैया क्रिकेट क्लब बाराले मकवानपुर क्रिकेट क्लब हेटौंडालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लब हेटौंडाले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो । मकवानपुरको लागि गौरभ खडकाले सर्वाधिक ३५ बलमा ४८ रन बनाएको थियो ।

त्यस्तै मकवानपुरका सुवर्ण भट्ट अबिजित रहदै १४ रन बनाएको थियो । कलैया क्रिकेट क्लबका शंकर पौडेलले ४ विकेट भुलावन सहनी २ विकेट लिएका थिए । ११६ रनको लक्ष्य पछ्याउँदै कलैया क्रिकेट क्लबले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १२० रन बनाएर ६ विकेटले बिजय भएको हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।

कलैया क्रिकेट क्लबको तर्फबाट साहिले पटेल सर्वाधिक ५४ रनको योग्दान दिएका थिए । मैन अफ द मैच कलैया क्रिकेट क्लबका शंकर पौडेल भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया