मेयर कपको उपाधि वडा–३ लाई

रौतहट । जिल्लाको ईशनाथ नगरपालिकामा आयोजित मेयर कप क्रिकेट प्रतियोगिता २०८० को उपाधि ईशनाथ नगरपालिका–३ ले जितेको छ ।

२६ फागुनदेखि सदरमुकाम गौरस्थित राइस मिलको मैदानमा हुने ठूलो धनराशिको क्रिकेट प्रतियोगिता पालिका कपका लागि खिलाडी छनौट गर्ने उद्देश्यले ईशनाथ नगरपालिकाको सहयोग र रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा ५ फागुनदेखि सुरू भएको मेयर कपको उपाधि २५ रनले वडा–३ ले उचालेको हो ।

जनता उच्च माध्यमिक विद्यालय औरैयाको फिल्डमा भएको फाइनल खेलमा ईशनाथ नगरपालिका–५ लक्ष्मीनियालाई पराजित गर्दै वडा–३ औरैयाले फाइनल जितेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

टस जितेर पहिलो बल्लेबाजी गरेका वडा–३ का टिमले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा १० विकेट गुमाउँदै १ सय १५ रनको स्कोर खडा गरेको थियो । वडा–३ बाट बिकास मण्डलले ४१ बल खेल्दै सर्वाधिक २९ रन बनाएको थियो ।

जितको लागि वड–३ ले दिएको १ सय १६ रनको लक्ष्य पूरा गर्न बल्लेबाजी गर्न उत्रेका वड–५ का टिमले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९० रन बनाएर २५ रनले हार बेहोरेका छन् ।

नगरप्रमुख कौशल्यादेवी सिन्हाले मेयर कप क्रिकेट प्रतियोगिताको विजेता टिमलाई नगद ३१ हजारसहित शिल्ड र उपविजेता टिमलाई ११ हजार नगदसहित सिल्डले पुरष्कृत गरिन् ।

पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै मेयर सिन्हाले दुवै टिमका खेलाडीहरूले राम्रो प्रदर्शन गरेको भन्दै विजेता र उपविजेता टिमका खेलाडीलाई शुभकामना दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत भूदेव झाले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजनाले क्रिकेट खेलप्रति खिलाडीहरूको उत्सुकता निकै बढेको बताए ।

क्रिकेटमा बढी रूचि राख्ने झाले नेपाल पनि क्रिकेटमा आफ्नो पहिचान बनाउँदै गएकाले राम्रोसँग खेलेमा रौतहटका खिलाडी पनि राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सक्नेमा विश्वास व्यक्त गरे ।

मेयर कप प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सदाम आलमलाइ म्यान अफ दी सिरिजको पुरस्कार दिइएको छ । आलमलाई नगद ५ हजार १ सय रुपैयाँले पुरस्कृत गरिएको छ भने बेस्ट ब्याट्सम्यानको उपाधि हिमांशु सिंह, बेस्ट बलरको उपाधि रवि यादव, बेस्ट फिल्डर रुस्तम खान र बेस्ट किपर विकास मण्डललाइ नगद २ हजार १ सयका दरले पुरस्कार दिइएको आयोजक संस्थाका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया