अब चिनियाँ पर्यटकहरूलाई कसरी हुन्छ, नेपालतर्फ आकर्षित गराउनका लागि हामी सबै लागि पर्नुपर्ने देखिन्छ । हुन पनि हामीले वार्षिक एक मिलियन अर्थात १० लाख चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन सके कस्तो हुँदो हो ? किनभने एफटिएन न्युज डट कमले लेखेको अर्को समाचारमा जनाईएअनुसार सन् २०१४ देखि मात्रै एक सय मिलियन अर्थात् एक करोड चिनियाँ नागरिकहरू विश्वमा पर्यटक भई घुम्न निक्लेका थिए ।
लगभग ११ महिनाअघि प्रकाशित भएको ‘फोकस अन ट्राभल न्युज (एफटिएन न्युज डट कमको समाचार)’ मा जनाइएअनुसार सन् २०३० सम्ममा २ सय २८ मिलियन चिनियाँ नागरिकहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लने छन् । ओहो !, यत्रो ठूलो संख्यामा पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लने चिनियाँ नागरिक कहाँ जाँदा हुन् ? हामीलाई पनि चासो हुनैपर्ने देखिन्छ ।
किनभने ती २ सय २८ मिलियन चिनियाँ नागरिकहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लने छन्, ती मध्ये वार्षिक रूपमा सुरुको पहिलो वर्ष (सन् २०२४) मा १ लाख ४०–५० हजार, दोस्रो वर्ष अर्थात् सन् २०२५ मा २ लाख ८०–९० हजार, तेस्रो वर्ष अर्थात् सन् २०२६ मा ४ लाख ८०–९० हजार चौथो वर्ष अर्थात् सन् २०२७ मा ६ लाख ६०–७० हजारको संख्याले क्रमशः बढाउँदै लगेर सन् २०३० सम्ममा एक मिलियन चिनियाँ पर्यटकहरूलाई नेपालतर्पm आकर्षित गर्नसके हामीलाई आर्थिक रूपमा धेरै फाइदा हुने, हामीले चिनियाँ पर्यटकहरूबाट अनपेक्षित ढंगले फाइदा लिन सक्छौँ ।
त्यसैले अब चिनियाँ पर्यटकहरूलाई कसरी हुन्छ, नेपालतर्पm आकर्षित गराउनका लागि हामी सबै लागि पर्नुपर्ने देखिन्छ । हुन पनि हामीले वार्षिक एक मिलियन अर्थात १० लाख चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउनसके कस्तो हुँदो हो ? किनभने एफटिएन न्युज डट कमले लेखेको अर्को समाचारमा जनाइएअनुसार सन् २०१४ देखि मात्रै एक सय मिलियन अर्थात् एक करोड चिनियाँ नागरिकहरू विश्वमा पर्यटक भई घुम्न निक्लेका थिए । उता सन् २०२३ को जनवरीमा ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको समाचारमा जनाइएअनुसार चीन सरकारले सो वर्ष को जनवरी महिनाको सुरुदेखि मात्रै विश्वका २० वटा देशमा चिनियाँ नागरिकहरूलाई पर्यटकका रूपमा भ्रमण गर्न अनुमति दिइएको थियो । त्यसअघि सन् २०१९ को डिसेम्बर अन्तिमा सुरु भएको कोरोना महामारी (कोभिड–१९) का कारण चीन सरकारले आप्mना देशका नागरिकहरूलाई विश्वका सबै देशमा पर्यटक भई घुम्न जान निषेध गरेको थियो । दुःखको कुरो के भने चीन सरकारले चिनियाँ नागरिकहरूलाई पर्यटक भई घुम्न जाने अनुमति दिएका २० देशको सूचीमा सुरुमा नेपाल परेको थिएन ।
त्यसो त चीन सरकारले आप्mनो देशका नागरिकहरूलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको २० वटा देशको सूचीमा सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, क्यानडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्टे«लिया, भियतनाम, कम्बोडियालगायत युरोपीय देश रहेका छन् । तापनि चिनियाँ पर्यटकहरूको हालको प्रथम रोजाइका देशहरूमा चाहिँ जापान, अमेरिका, अस्टे«लिया, युरोपका केही देशहरू, न्युजिल्यान्ड आदि रहेको छ । खासमा चिनियाँ पर्यकहरूको फेमस डेस्टनेसनमा पर्ने देशहरू पनि युरोपको फ्रान्स, इटली, जर्मनी, बेल्जियम, अस्ट्रिया, पोर्चुगल, नर्बे, मोनाको, सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स, रुस, मंगोलिया, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड, क्यानडा, संयुक्त राज्य अमेरिका (युएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडिया, टर्की, इरानलगायत देशहरू रहेका छन् ।
मेरो विचारमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या भएका सहरहरू जस्तै (१) चोङकिङ । (२) साङघाई । (३) बेइजिङ । (४) छेङदु । (५) ग्वाङ्झाओ । (६) शेनजेन । (७) तियानजिन । (८) वुहान । (९) शुझोउ । (१०) लिनयी । (११) हार्बिन । (१२) शिझियाझुवाङ । (१३) ह्वाङझाओ । (१४) झेङझोउ । (१५) सियान । (१६) नानयाङ । (१७) गाङझोङ । (१८) हान्दाङ । (१९) क्विङदाओ । (२०) बाओदिङ । (२१) वेइफाङ । (२२) वेनझोउ । (२३) जिनान । (२४) सुझोउ । (२५) हेजे आदि सरहमा चीन–नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।
माथि उल्लेख गरिएका चीनको ठूलो २५ सहरमा ३२ दशमलव शून्य ५ मिलियनदेखि ८ दशमलव ७८ मिलियन चिनियाँ जनताको बसोबास रहेको छ । त्यसैले ती सहरबाट शून्य दशमलव एक प्रतिशत मात्रै चिनियाँ नागरिकहरू नेपालमा पर्यटक बनेर भ्रमण गर्न आए भने उनीहरूको संख्या कति पुग्ला ? त्यसका कामका लागि हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयरलाइन्स, शाङघाई एयरलाइन्स, साङदोङ एयर, शेनजेन एयर, सिचुआन एयर, शियामेन एयर आदिलाई नेपालमा कम्तिमा हप्ताको एकएक उडान गराउनसके सुनमा सुगन्ध हुने थियो । अझ संभव भएदेखि हप्तामै २०–२२ उडान गर्नसके…। हुन त गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेइझिङमा फेरि आप्mनो उडान सुरु गरिसकेको छ भने, नेपाल एयरलाइन्सले पनि चीनको राजधानी बेइझिङ, गुइयाङ, चाङसा, शेनजेन, चोङकिङलगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।
चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकहरूलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिएको हो । सोही वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थयो गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा हामीले बेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने रणनीति बनाउनुपर्ने देखिन्छ ।
अझ भएन, नेपाल आउने चिनियाँ पर्यटकहरू किन छोटो अवधिका लागि मात्रै आउने गरेका छन्, किन कम खर्च गर्ने खालका चिनियाँ पर्यटकहरू मात्रै नेपाल आइरहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्ने हो कि ? भन्ने देखिन्छ । जस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार–पाँच दिनदेखि नौ–१० दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुनत चिनियाँ पर्यटकहरू नेपाल आएपछि एकै जनाले ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय र अन्य देशका पर्यटकबाट भन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा हुने गरेको देखिन्छ ।
हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ–१० दिनदेखि १४–१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । नेपाल आउने विदेशी पर्यटकहरू खासै खर्चिला हुँदैनन् भन्ने सन्दर्भमा भन्नुपर्दा चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन–डब्लुटिओलगायत विश्व पर्यटनसँग सम्बिन्धित संघ–संस्थाहरूले विभिन्न समयमा गर्ने गरेको विभिन्न अनुसन्धान र सर्वेक्षणहरूमा चिनियाँ पर्यटकहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने–दरिने गरेका छन् ।
सन् २०२३ मा लगभग ६० हजार चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । चालु वर्ष (सन् २०२४ मा) कम्तिमा पनि तीन दोब्बरले चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आकर्षित गर्नुपर्ने देखिन्छ । यो संख्यामा हामी चिनियनाँ पर्यटक नेपाल भित्र्याउन सकेदेखि नेपालमा चिनियाँ पर्यटकहरूको आगमन दर हालसम्मकै उच्च वृद्घि रहनेछ । त्यसैले हामीले सकेसम्म अभैm पनि चिनियाँ जनताहरूको बाक्लो बसोबास रहेको कम्तिमा २० वटा सहरहरूमा हवाई यातायातको प्रवद्र्घन गर्नुपर्ने देखिन्छ । अझ सकेदेखि त तुरुन्तै ती सहरहरूमा हवाई उडान सुरु गरिहाल्न पाए ‘सुनमा सुगन्ध’ नै हुने थियो । खैर, हामीले कुरो गर्नु, कल्पना गर्नु, गफगाफ गर्नु र व्यावहारिक रूपमा फिल्डमै गएर खरो उत्रनु फरकफरक कुरो हो । तापनि आशा गरौँ, सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारीका कारण सन् २०२० देखि नेपालमा बढ्न नसकेको (चौथो, पाँचौँ, छैटौँ, तेस्रो स्थानमा झरेको) चिनियाँ पर्यटकको संख्याले नेपालमा बिस्तारै बढोत्तरी हुँदै गएर भविष्यमा दोस्रो स्थान लिँदै पहिलो स्थान लिओस्, पुगोस्, भन्ने आशा गरौँ ।
प्रतिक्रिया