धनुषाधाममा कृषि मेला प्रदर्शनी

जनकपुरधाम । धनुषाधाममा कृषि मेला प्रदर्शनी २०८० आयोजना गरिएको छ । यस मेलामा उत्कृष्ट प्रदर्शकलाई पुरस्कारसमेत वितरण गरिएको छ । कृषिसम्बन्धी विभिन्न उत्कृष्ट कृषि उपज, आधुनिक कृषि सामग्रीमध्ये कृषि यन्त्र उपकरण, मेसिन, प्रांगारिक मल तथा जैविक मल र जैविक विषादीलगायत कृषि सामग्रीहरू स्टल लगाई मेलामा प्रदर्शनी गरेको हो । प्रतिस्पर्धामा सहभागी भएका प्रथमलाई १ हजार ५ सय रुपैयाँ, दोस्रोलाई १ हजार २ सय रुपैयाँ, तेस्रो हुनेलाई एक हजार रुपैयाँ र चौथोलाई पाँच सय गरी १५ प्रतिशत कर काटेर स्टल राखेकामध्ये २१ जना उत्कृष्ट कृषकहरूलाई कृषि ज्ञान केन्द्र धनुषाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ ।

सो कार्यक्रममा कृषियन्त्र उपकरण र मेसिनका स्टल राख्ने १२ जनालाई कदर गर्दै सम्मानसमेत गरेको छ । माघे संक्रान्ति (मकर मेला) को अवसरा धनुषाधाममा कृषि मेला प्रदर्शनी कार्यक्रममा आयोजित पुरस्कार वितरण समारोहमा धनुषाका जिल्ला समन्वय समिति प्रमुख राजनन्दन मण्डल, उपप्रमुख संगिता ठाकुर र हंसपुर नगरपालिकाका नगर उपप्रमुख दुर्गीदेवी मण्डल लगायतकाले प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा.रामचन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया