रौतहट । बलिउडका सुपरस्टार नायक गोबिन्दा रौतहटस्थित मौलापुरमा आयोजना हुन लागेकोे मधानी महायज्ञमा सहभागी हुने भएका छन् ।
यही फागुन २५ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको उद्घाटनका दिन उनी आउन लागेको मौलापुर नगरपालिकाका प्रमुख प्राशासकीय अधिकृत रामबाबुु साहले जानकारी दिए ।
त्यस्तै भारतीय नायिका निलम गिरी पनि मधानी महायज्ञमा सहभागी हुने बताइको छ । मधेसमा भगवान् शिवको पूजा गर्न मधानयज्ञको आयोजन गर्ने गरिन्छ । त्यसलाई नै मौलापुुर नगरपालिकाले महायज्ञको रूपमा प्रत्येक वर्ष मनाउँदै आएको छ ।
२०७६ सालदेखि मौलापुुर नगरपालिकाले हरेक वर्ष मधानी महायज्ञ आयोजन गर्दै आएको छ । यसवर्ष पनि पाँचौँपटक मधानी महायज्ञ आयोजना हुन लागेको हो । जसको तयारी तीव्र रूपमा भइरहेको अधिकृत साहले बताए ।
उनले भने, ‘यस वर्षको मधानी महायज्ञमा फागुुन २६ गते कुुस्ती प्रतियोगिता (दंगल) हुँदै छ । जसमा ३५ जना कुस्तिबाज सहभागी हुनेछन् ।’
विश्व सम्पदा सूचीमा पार्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजन हुँदै आएको मौलापुुर नगरपालिकाकी नगरप्रमुख रिनाकुुमारी साहले बताइन् । मौलापुुर पुरातात्विक महादेव मन्दिर देशभरिको सय धार्मिक गन्तव्यस्थल मध्ये एक हो ।
यस वर्षको महायज्ञमा पनि नेपाली तथा भारतीय चर्चित भोजपुुरी कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने उनले बताइन् । मौलापुर पतौरामा रहेको धेरै पुरानो पुरातात्विक महादेव मन्दिर उत्खनन्को क्रममा भेटेको थियो । उक्त महादेव मन्दिरलाई अहिले व्यवस्थित गरी महाशिवरात्रीको अवसर पारेर महायज्ञ आयोजन हुँदै आएको छ ।
प्रतिक्रिया