वीरगञ्ज । बिल बिजक भन्दा बढि लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
मालवाहक ट्रकमा लोड रहेको मालबस्तुहरु अनलाइन भ्याट विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित विल अनुसार) पैतिस लाख बयान्वे हजार पाँच सय चालिस रूपेयाँ बराबरको आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया