हाम्रा विरुद्ध अफवाह तथा भ्रम फैलाइयो : लघुवित्त संस्था

लघुवित्त संस्थाहरूविरुद्ध आन्दोलनमा जान बाध्य सर्वसाधारण

रौतहट । कुनै बेला गरिब तथा विपन्नको आर्थिक अवस्था सुधार गर्ने लघुवित्त संस्थाप्रति अहिले तीनै सर्वसाधारण विरुद्धमा लागि परेका छन् । लघुवित्त संस्थाहरूले गाउँघरमा बनाएको समूह आखिर किन उसकै विरुद्ध लागिपरेका छन् त ? यो विषयलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने बेला आएको छ । ऋण तिर्ने कुनै उपाय नभएपछि लघुवित्त संस्थाहरूविरुद्ध आन्दोलनमा जान आफूहरू बाध्य भएको सर्वसाधारणको भनाइ छ । किस्ता रकम तिर्न बैंकका कर्मचारीहरू घरमै पुुगेर मानसिक तनाव दिने गरेको उनीहरूको आरोप छ । तर लघुवित्त संस्थाहरूका कर्मचारीको पनि आफ्नै बाध्यता संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्नेछ ।

आक्रोशितले कहिले के–के गरेका थिए ?

गत माघ ९ गते मंगलबारका दिन दिउँसो ३ बजेको समयमा मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहट नाम गरिएको केही व्यक्तिको समूहले रौतहटको कटहरिया बजारमा रहेको लघुवित्त वित्तीय संस्थाको शाखामा प्रवेश गरी ब्यानर, सूचनापाटी च्यात्ने तथा ताल्चा लगाउने कार्य गरेका थिए ।

यसो भन्छन् संस्थाका कर्मचारी ?

‘आफूहरूलाई संस्थाले प्रवाह गरेको ऋण उठाउन जानुपर्ने बाध्यता छ । हामीलाइ जानैपर्ने हुन्छ । झुण्डमा मान्छेहरूको हुल आएर गाली, बेइज्जती गर्नुु गलत हो । धन्न आफूहरूले आक्रोशित मान्छेको भिड आउनुु अगाडि कर्यालयमा ताला लगाएका थिए । यदि सो ताला नलगाएको भए कार्यालयमा अन्य क्षति पनि हुन सक्थ्यो । धन्न क्षति हुनबाट जोगियौँ ।’

घटना भएको ठाउँ रौतहटको कटहरिया नगरपालिका–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले भने, ‘लघुवित्त वित्तीय संस्थाहरूप्रति यसरी अराजक तरिकाले प्रस्तुुत हुनु गलत हो । आफनो माग शिष्ट तरिकाले माग्नुपर्दछ । यसरी कार्यालयमा गएर होहल्ला गर्ने, ताल्चा लगाइदिने, गाली बेइज्जती गर्नेजस्ता कार्य गलत हो । शिष्ट रूपमा माग अगाडि राख्दा हामी पनि साथ दिन्छौँ । हो वास्तवमा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरू ऋण तिर्न नसकेर समस्यामा छन् । अहिले आर्थिक मन्दीमा मान्छेसँग ऋण तिर्न पैसा छैन, समस्या छ । समस्याको उचित बाटो खोज्नुुपर्छ । अराजक हुनु समस्याको समाधान होइन ।’

यता इलाका प्रहरी कार्यालय कटहरियाका बरिष्ठ सइ अरुणकुमार सिंहले भने, ‘हामी कुनै पनि हालतमा लघुवित्त वित्तीय संस्थाहरू बन्द हुन दिँदैनौँ । यसको सुरक्षा गर्नु हाम्रो दायित्व हो । आक्रोशित तरिकाले पेस हुनुभन्दा शान्तिपूर्ण तरिकाले समस्या समाधानको बाटो खोज्नुुपर्दछ ।’


अहिलेचाहिँ कटहरियामा रहेको लघुवित्त वित्तीय संस्थाको अवस्था सामान्य छ । इलाका प्रहरी कार्यालय कटहरिया, रौतहटले माघ १० गत साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरूमा लगाएको ताल्चा खोल्यो । तत्पश्चात् कामकाज नियमित रूपमा भइरहेको लघुवित्त वित्तीय संस्थाहरूले जनाएका छन् ।

यता राष्ट्रिय स्तरमा राम्रो छबि भएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटहरिया वित्तीय संस्थाको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा गलत तरिकाबाट एकपक्षीय रूपमा समाचार संम्प्रेषण गरी ग्राहक सदस्यको बचत फिर्ता नदिएको भन्दै सामाजिक सञ्जालमार्फत स्थापित भइसकेको छबिमा असर पुग्ने गरी गरेको कार्यको घोर भत्र्सना गरेको छ । कुनै आधार प्रमाणबिना गलत अफवाह तथा भ्रम फैलाएको र बैंकिङ क्षेत्रको अत्यावश्यक वित्तीय सेवामा समेत असर पुग्ने गरी सम्प्रेषण भएको गलत लेख्नेविरुद्ध आवश्यक कारबाहीका लागि सम्बद्ध पक्षहरूसँग जोडदार मागसमेत गरेको छ ।

प्रतिक्रिया