राजविराजमा सोमबार सार्वजनिक बिदा

राजविराज । भारतको उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो अवसरमा राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जानकारी गराएका हुन् । सूचनामा उक्त दिन नगरपालिकाभित्र माछा, मासु, मदिराजन्य पदार्थ बिक्रीवितरण बन्द गर्न पनि अपिल गरिएकोे छ ।

भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्नसमेत आग्रह गरेको छ । राममन्दिरको प्राण प्रतिष्ठामा तराई मधेसका धेरै पालिकाहरूले घरघरमा दीप प्रज्वलन गरेर उत्सव मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया