धनुषा । सोमबार जनकपुरधाममा सवा लाख दीप प्रज्वलनको हुने भएको छ । सोमबार भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधाममा सावा लाख दीप प्रज्वलनको तयारी गरिएको हो ।
जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न अपिल गरेको छ । त्यसको लागि मन्त्रालय र विभिन्न कार्यालयलाई जानकी मन्दिरले पत्र पठाएर अपिल गरेको हो । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले समेत दीप प्रज्वलन गर्न अपिल गरेको थियो ।
वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान् रामको विशाल मन्दिर निर्माण भई समुद्घाटन हुँदै छ । त्यस अवसरमा धेरै पालिकाले दीपोत्सव गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया