बारा । शितलहरबाट प्रभावित दलित बस्तिहरुमा बिभिन्न संस्था तथा व्यक्तिहरुले न्यानो बपडा कपडा वितरण गर्न थालेका छन् । तराइमा दुई सातादेखि चलेको शितलहरले जनजीवन प्रभावित बनेको छ ।
चिसो बढे पछि बाराको कलैया उपमहानगरपालिकाका १०० जना बृद्धबृद्धाहरुलाई जाडोबाट जोगाउन फाइबर कम्बल बितरण गरिएको छ । कलैया उपमहानगरपालिकाका नगप्रमुख बिनोद साहले शनिवार १०० जना बृद्धबृद्धाहरुलाई न्यानो फाइबर कम्बल बितरण गर ।
टेका संस्था ललितपुर तथा ग्रामिण उत्थान अभियान बाराको व्यवस्थापनमा नगर प्रमुख साहले उक्त कम्बल बितरण गरेका हुन् । चिसो बढे पछि जनजीवन प्रभावित बन्दै गएकोले संस्थाले कलैया उपमहानगरका १० जना बृद्धबृद्धाहरुलाई कम्बल बितरण गरिएको बताएको छ ।
कम्बल बितरण कार्यक्रममा नगर प्रमुख साहसंगै वडाध्यक्षहरु रामेश्वर यादव, अशोक तिवारी, अमिन अंसारी समेतले कम्बल बितरण गरे ।
प्रतिक्रिया