पूर्वराजाको नागरिक अभिनन्दनमा‌ राप्रपा नेपाल पर्सा सक्रियरूपमा सहभागी हुने

वीरगञ्ज । वीरगञ्जमा हुने पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनमा‌ राप्रपा नेपाल पर्साले सक्रिय सहभागीता जनाउने भएकाे छ । यहीं माघ १३ गते शनिवारका दिन वीरगञ्जस्थित लाल बंगलामा‌ पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम हुने भएकाे छ । साे कार्यक्रममा राप्रपा नेपालकाे जिल्ला कार्य समिति, बिभिन्न भातृ संगठनहरु सक्रिय रूपमा खट्ने राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समिति सदस्य शम्भुप्रसाद चौरसियाले जानकारी दिए ।

राप्रपा नेपाल जिल्ला कार्य समिति पर्साको आज बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,’ केन्द्रीय कार्य सम्पादन समिति सदस्य चौरसियाले भने ।

प्रतिक्रिया