रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा तीन बालक घाइते

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा तीन बालक घाइते भएका छन् । जिल्लाको यमुनामाई गाउँपालिकाको बम नहरस्थित मधेस प्रदेश ०३०२६ प ७७७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना बालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सोही गाउँपालिका– ५ टोल झुन्खुनवा बस्ने लखिन्द्र माझीका छोरा अन्दाजी वर्ष ११ का रूपेश माझी, १२ वर्षीय बिजुली माझी र ९ वर्षीय गोलु माझी र ९ वर्षीय रामइश्वर माझी रहेका छन् । प्रहरीका अनुसार हुलाकी राजमार्गको सडक पेट्टीमा बसेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले तीनै जनालाई ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटर साइकल चालक बौधिमाई नगरपालिका– ९ सरमुजवा निवासी वर्ष २१ काा सुमित जयसवाल रहेका छन् । सो मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका– ६ पिपरीया निवासी अन्दाजी वर्ष २४ का राजन कुमार यादव समेत घाइते भएका छन् ।

घाइते तीनै जना बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको र मोटरसाइकल चालक र सवारी अस्थाई प्रहरी चौकी सरूअठामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया