धोबिनी र कालिकामाईमा माछा–मासु र मदिरा विक्री –वितरण निषेध

पर्सा । जिल्लाको धोबिनी र धोबिनी र कालिकामाईमा गाउँपालिकामा माछा–मासु र मदिरा विक्री–वितरणमा निषेध गरिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गइरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको धोबिनी गाउँपालिकामा माछा–मासु र मदिराको बिक्री–वितरणमा रोक लगाइएको हो ।

गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको वध तथा मदिराको बिक्रि–वितरण नगरिदन आग्रह गरेका छन् ।

त्यस्तै भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गइरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको कालिकामाई गाउँपालिकामा पनि माछा–मासु र मदिराको बिक्री–वितरणमा रोक लगाइएको छ ।

कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको वध तथा मदिराको बिक्रिवितरण नगरिदन आग्रह गरेका छन् ।

साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरको उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन् ।

प्रतिक्रिया