विश्व शान्ति दिवस मनाइयो

कलैया । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैया शाखाले एक कार्यक्रमबीच विश्व शान्ति दिवस मनाएको छ । प्रत्येक साल १८ तारिखका दिन परमपिता ब्रह्मबाबाको पूण्यतिथिको पूर्वसन्ध्यामा ओम शान्ति परिवारले विश्व शान्ति दिवस मनाउँदै आएको छ । बिहीबार परमपिता बाबाको ५५आँै पूण्यतिथि रहेको ब्रह्मकुमारी बहन शुष्मा बहनले जानकारी गराइन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कलैयाका मुख्य सञ्चालिका मीना दिदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य पारस साह, प्रहरी निरीक्षक बिमला कठायत, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, मनकामना विद्यालयका प्रधानाध्यापक रामबाबु कुशवहा, महावीर मावि ब्रह्मपुरीका प्रधानाध्यापक रमेश कुशवहा, दुर्गा मावि बरेवाका प्रधानाध्यापक मनोज यादव, त्रिचन्द्र मावि कलैयाका प्रधानाध्यापक देवेन्द्र गिरी, शिक्षक लालबाबु जैसवाल, तेजीलाल चौधरी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया