पाँचथर । जिल्लाको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटको पेकुवामा खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरी फरार भएका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।
उनलाई हाङ्गुमको पखरे टोलमा शनिबार बिहान पक्राउ गरिएको प्रहरी इन्स्पेक्टर दिपक कुँवरले जानकारी दिए । हत्या अभियुक्त बाटोमा हिँड्दै गरेको अवस्थामा शनिबार बिहान पक्राउ परेका हुन् । उनलाई खोजी गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
उनी खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भीर घाइते बनाएर फरार भएका थिए । ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाइते भएका थिए ।
प्रतिक्रिया