काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले अग्नि नियन्त्रणका लागि सप्तरीमा एक महिने तालिम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुन:स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले फायर फाइटिङ तालिम सम्पन्न गरेको हो ।
जिल्लाको कञ्चनरुप नगरपालिका-२ बरमझिया स्थित कार्यालयको तालीम भवनमा समपन्न तालिममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरी विपद् जन्य विशेष प्रकृतिका तालिमहरु थप संचालन गर्दै लैजाने बताए । स्थानीय निकायहरुमा यस्ता प्रकृतिका तालिमहरुले विपद् जन्य घटनाहरुमा सशस्त्र प्रहरी बल नेपालको परिचालनले समुदायिक स्तरमा थप प्रभावकारिता ल्याउने उनले बताए । उनले वहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताए ।
गत मसिर १७ गतेदेखी संचालन भएको सो फाईटिङ्ग (अग्नि नियन्त्रक) तालिम पुस १७ गतेसम्म चलेकाे थियाे । तालिममा सशस्त्र प्रहरी बल, नेपालका बिभिन्न युनिटहरुबाट ४९जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा डेमोस्ट्रेशन अवलोकनका लागि कञ्चनरुप नगरपालिकाका उप-प्रमुख, बिभिन्न वडाका वडाध्यक्षलगायत बिभिन्न संघ सस्थाका प्रतिनीधिहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त डेमोस्ट्रेश कार्यक्रममा व्यवहारिक जिवनमा आईपर्ने घटना क्रमहरुको परिकल्पना गरी दमकललाई प्रयोग गर्ने तरिका¸ बिभिन्न ठुला भवन, अपार्टमेन्टहरुमा आगोलागी भएको अवस्थामा भवन भित्र रहेका ब्यक्तिहरुलाई कसरी उद्धार गरिन्छ, भनी सो सम्बन्धी डेमोस्ट्रेशन प्रदर्शन गरिएको थियो । त्यसै गरी बाक्लो वस्तिहरुमा आगोलागी भएमा कसरी आगोलागी नियन्त्रण र उद्धार कार्य कसरी गरिन्छ भन्ने अवस्थाको डेमोस्ट्रेशन देखाईएको थियो ।
साथै बर्सेनी भान्सा कोठामा ग्यास सिलिण्डरबाट हुने आगोलागी र सोबाट मानिसहरु घाईते हुने तथा जनधनको क्षतीलाई न्युनिकरण गर्न के-कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ र सो सम्बन्धी सन्देश मुलक पर्दशनी र फायर एक्स्टिङ्ग्गाइजरको प्रयोग विधि समेत जानकारी गराईएको थियो ।
प्रतिक्रिया