वीरगञ्ज । अबको गन्तव्य, ‘समृद्ध हिन्दू अधिराज्य’ नारासहित राप्रपा नेपालको तराई मधेस स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरी जिल्लाको बर्दिबासमा सम्पन्न भएको छ । तराई मधेस स्तरीय प्रशिक्षण कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुरका जिल्ला अध्यक्षले आ–आफ्नो जिल्लाको प्रतिवेदन पेस गरका थिए । प्रतिवेदनमा नौ वटै जिल्लाका जिल्ला अध्यक्षको पार्टीका केन्द्रीय अध्यक्षसमक्ष आन्दोलनमा गएर पनि हिन्दूराष्ट्र र राजसंस्था स्थापनाका लागि अगाडि बढ्न आग्रह गरेका थिए ।
जिल्ला जिल्ला अध्यक्षहरूको सुझावपछि राप्रपा नेपालको महामन्त्री राजाराम बर्तौलाले भने, ७ सय ५३ पालिकाको २०८१ जेठ महिनासम्म गठन गर्नुपर्ने तथा २०८१ साल पुस महिना सम्ममा जिल्ला अधिवेशन गर्नुपर्ने, जनवर्गीय संगठनको जिल्ला कार्य समितिमा मात्र सीमित नराखी सबै पालिकासम्म गठन गर्नुपर्ने तथा जनवर्गीय संगठनको अन्तरक्रिया कार्यक्रम समयसमयमा गर्न र पार्टीको विधि विधानमा रही पार्टी संगठन बिस्तारमा लाग्न आग्रह गरेका थिए ।
राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले प्रशिक्षण कार्यक्रममा राजसंस्था र हिन्दूराष्ट्रको नारा बोक्ने राप्रपा नेपाल भएको बताएका थिए । राजा र हिन्दूराष्ट्र हाम्रो एजेन्डा भएकोले यसका लागि वैचारिक दर्शन, सम्बद्र्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको थापाले बताए । संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले भने, ‘यसको विकल्प हिन्दूराष्ट्र राजसंस्था र समृद्धि हुनुपर्छ ।’ केन्द्र स्थानीय गरी दुई तहको राज्यसंरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रिय सभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यन्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने त्यसबाट भएन भने आन्दोलन गर्ने । आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाउने र त्यसले आफ्नो माग पूरा हुने प्रशिक्षण कार्यक्रममा थापाले बताए ।
प्रतिक्रिया