मेयरको आन्दोलनले वडाध्यक्ष रिहा

सिरहा । मेयरले नै आन्दोलन थालेर सडक जाम गरेपछि अन्ततः वन कार्यालयले वडाध्यक्ष रिहा गरेको छ । चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाई गर्न माँग गर्दै कर्जन्हा नगरपाकिला मेयरसहितका जनप्रतिनिधीले सडक जाम गरेका थिए ।

कानुन विपरित उत्खनन् सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाईको माँग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दिपुरमा सडक जाम गरेको थियोे । सडक जामका कारण सयौं सवारी साधन र हजारौंको संख्यामा यात्रुहरु अलपत्र परेका थिए । विभिन्न कामले हिडेका यात्रुहरु विनाकारण विच बाटोमा विचल्लिमा परेका थिए ।

वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले शुक्रवार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो । वन क्षेत्रभित्रको जग्गामा पोखरीखन्ने गैरकानूनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सवैले आ–आफ्नो अधिकारक्षेत्र भित्र रहेर कामगर्नु पर्ने भन्दै वन कार्यालयले अधिरकार क्षेत्र नाघेको बताए । उनले भने सवैले आ–आफ्नो अधिकारक्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनीधि नियन्त्रणमा लिनु अधिकारक्षेत्र वाहिरको काम भएको बताए ।


मेयरको आन्दोलनले वडाध्यक्ष रिहा भए पनि उनीसंगै सक्राउ परेका अन्य तीन जना वन कार्यालयको हिरासतमै रहेको बताइएको छ । वडाध्यक्ष रिहा भएसंगै राजमार्गको चक्का जाम भने खुलेकाले दिनभरी रोकिएका सवारी साधन गन्तब्यतिर लागेका छन् ।

प्रतिक्रिया