रौतहट । रौतहटको देवाही गाेनाही नगरपालिका-९ धरहरीमा एक दिने नि:शुल्क आाँखा शिविर सम्पन्न् भएको छ । धरहरी वडा कार्यालयको प्राङ्गणमा प्रकाशजित आई केयर हस्पिटलकाे आयोजना र वडा कार्यालयको सहयोगमा एकदिने शिविर सम्पन्न भएको हाे ।
वडाध्यक्ष वीरबहादुर साहले शुक्रबार एक कार्यक्रममार्फत उक्त शिविरको उद्घाटन गरे । उद्घाटन सत्रमा वडाध्यक्ष साहले आफ्नो आँखा चेकजाँच गराएसंगै शिविर संचालनमा आएको थियो । शिविरमा शिजनगर प्रकाशजित आँखा हस्पिटलका प्राविधिकहरुद्वारा १६४ जनालाई नि:शुल्क चेकजाँच गरिएको छ । जसमध्ये १०७ जना महिला र ५५ जना पुरुषले चेकजाँच गराएका थिए । चेकजाँचकाे क्रममा ५३ जनामा मोतियाविन्दका राेगीहरु फेला परेकाे बताइएकाे छ ।
शिविरको उदघाटन गर्दै देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडाध्यक्ष साहले जनताको आँख सम्बन्धी समस्यालाई मध्यनजर गर्दै साे शिविरको आयोजना गरिएको बताए । शिविरमा फेला परेका माेतियाविन्दु भएकाहरूकाे नि:शुल्कमा अप्रेसन (शल्यक्रिया) गरिने र नेपाली लेन्स लगाउँदा फ्रि मै लगाउने र अमेरिकन वा जापनिज लेन्स लगाए त्यसमा २०% छुट दिने वडाध्यक्ष साहले जानकारी दिए । शुक्रबार विहान १० बजे देखि शुरु भएको शिविर बेलुकी ३ बजेसम्म चलेको थियो । शिविरमा सहभागी वृद्धवृद्धाहरुले घर आँगनमै विशेषज्ञ डाक्टरबाट आँखा चेकजाँच गराउन पाउँदा आफूहरु धेरै खुसी भएको बताएका छन् ।
प्रतिक्रिया