जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका– ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

प्रतिक्रिया