जनताको स्नेह नै मेरो उर्जा हो : सांसद कोइरी

बर्दिबास । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले जनताको स्नेह नै आफ्नो उर्जाको स्रोत भएकाे बताएका छन् । महोत्तरी-१ का निर्वाचित सांसद महतोले आज बिहीबार आफ्नै निर्वाचन क्षेत्रको बर्दिबास-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा ‘हरित अभियान’ का क्रममा वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै जनताको स्नेहले नै आफू जनताको काखमा उभिन पाएको बताएका हुन् ।

पछिल्लो करिब एक वर्ष झुठा मुद्दाको प्रपञ्चले आफूलाई जनताबाट अलग गर्ने केहीको प्रयत्न भएपनि न्यायालयको इन्साफले ती प्रपञ्च चकनाचुर भएका उनको भनाइ थियो । सांसद महतोले आफू सधैं सामाजिक न्याय र पूर्वाधार विकासप्रति प्रतिबद्ध रहने वाचा गरे । ‘यहाँका जनताको दुःखसुखमा म साथ उभिने छु’ उनले भने ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया