कटहरियाको श्री माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

रौतहट । रौतहटको कटहरिया नगरपालिका २ जमुनियामा रहेको श्री माविका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । बिहिवार एक कार्यक्रमका बीच छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार साहको सभापतित्व तथा वडाध्यक्ष हरिन्द्र साह कलवारकाे प्रमुख उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो ।

नियमित विद्यालय आउने विद्यार्थीहरलाई प्रति विधार्थी चार सय रूपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कलवारले विधालयबाट उपलब्ध गराएको रकमबाट विधार्थीहरुको कपी कलम खरिदमा राहत पुग्ने विश्वास ब्यक्त गरे । वितरण कार्यक्रममा वडा सदस्य वालकेशिया देवी, समाजसेवी यूवा नेता भैरोलाल महतो, शैलेन्द्र कुमार ठाकुर, तेजनारायण साह, रुपनारायण चौधरी, रुपनारायण कुशवाहा सहित विद्यालयका कर्मचारी र अभिभावकहरुको विशेष उपस्थित रहेको थियोे ।

प्रतिक्रिया