जानकी मन्दिर सबैको प्रतिष्ठा : मेयर साह

जनकपुरधाम । जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले अयोध्यामा निर्माण भएको मन्दिरमा भगवान् श्री रामको ससुरालीको प्रतिनिधित्व गर्दैै घरवास विधिमा उपहार सहितको भार पुग्नु जनकपुरधामवासीकै लागि शौभाग्यको विषय हुने बताएका छन् । ‘यो जानकी मन्दिरको मात्रै विषय होइन,’ उनले भने, ‘सम्पूर्ण जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रको प्रतिनिधित्व हुने काममा आफ्नो व्यक्तिगत इगो राख्नु ठिक होइन ।’

विश्व हिन्दू परिषद्का स्थानीय पदाधिकारीहरू, जनकपुरधामका मेयरसहित यहाँका अगुवाहरूलाई राखेर मंगलबार मन्दिर प्रांगणमा पत्रकार सम्मेलन गर्दै सहायक महन्त दासले विश्व हिन्दू परिषद्को समन्वयमा यो पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताए ।

भावुक हुँदै उनले बनेको मन्दिर भगवान् श्री रामको मात्र नभई हाम्रो किशोरी ज्यूको पनि मन्दिररूपी नयाँ घर रहेको भन्दै भने, ‘यसमा आधिकारिकता, यो र त्यो किन खोज्ने ? यो त पौराणिक नियम, निष्ठा हो । मेरो लागि उपहार लिएर आउनोस् कसैले भनेपछि जाने हो ? प्रश्न गर्दै उनले भने, ‘हामी आइरहेको सुन्दा त्यहाँका साधुसन्त र धार्मिक क्षेत्र भावविहोर छ ।’ उनले जानकी मन्दिरलाई विवादित देखाउने किसिमको सूचना सम्प्रेषण नगर्न आग्रह गरे ।

जनकपुरधामका मेयर मनोज कुमार साहले २ सय ५१ जनाको टिमलाई आधा घण्टाको समय प्रदान भएको र सासुर पक्ष मिथिला क्षेत्रवाट पाहुर भार आइरहेको खबरले अयोध्यामा खुसी छाएको खबर आफूले पाएको बताए । उनले जानकी मन्दिरलाई विवादित गर्ने काम कसैले पनि गर्न नहुने बताए ।

प्रतिक्रिया