अदालतको फैसलाको विरुद्ध औरहीमा शान्तिपूर्ण विरोध प्रदर्शन

महोत्तरी । मधेश आन्दोलन ताका महोत्तरीमा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको घटनामा महोत्तरी जिल्ला अदालतले गरेको फैसलाको विरुद्ध औरही नगरपालिकामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । जिल्ला अदालत महोत्तरीले केहि दिन अगाडी विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

२०७२ सालको मधेश आन्दोलनको कममा मारिएका शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या अभियोगमा लोसपाका महासचिव तथा पुर्व राज्यमन्त्री एवं संसदिय दलका नेता अभिराम शर्मा सहितका ७ जनालाई अदालतले दिएको जन्मकैदको सजाय मधेशीको विरुद्ध अदालतको अन्यायपुर्ण फैसला भएको भन्दै विरोध प्रदर्शनलाई निरन्तरता दिइएको छ ।

आईतवार औरही नगरपालिका २ औरही स्थित रहेको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्याली औरही नगरपालिका १ औरही बजार सम्म परिक्रमा गरि विरोध प्रदर्शन गर्दै लोसपा महोत्तरीले आन्दोलन अझै नरोकिएको बताएको छ । क्रमिक रुपमा महोत्तरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरि जनताको साथ र सहयोग मांग्ने भन्दै लोसपाले विरोध कार्यक्रमलाई निरन्तरता दिएको हो ।

राजनितिक मुद्दालाई मधेशबाट मधेशी दललाई समाप्त पार्न सरकारको सुनियोजित प्लानिंगको अनुसार अदालतको सो फैसला आएको प्रति आफुहरुको विरोध प्रदर्शन जारी रहेको लोसपाका युवा बिधार्थी नेता ज्ञानु झाले बताए ।
प्रदेश सांसद रमिता प्रधानको उपस्थितिमा औरहीमा भएको विरोध प्रदर्शनमा औरही नगरपालिका नगर प्रमुख सहित लोसपा नेताहरु शुशील राउत र जिल्ला अध्यक्ष रामबाबु साह सहितका दर्जनौ नेताहरु सहभागि थिए ।

औरही नगरपालिका लोसपा पार्टीका नगर संयोजक दरेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो।अदालतको आदेश पश्चात जन्मकैद सजाय फैसला सुनाइएका नेताहरु सार्वजनिक स्थलमा देखिएका छैनन् । लोसपाबाट संसदिय दलका नेता समेत रहेका पूर्व राज्यमन्त्री अभिराम शर्माले आफुहरुले आत्मसमर्पण नगर्ने भन्दै विज्ञप्ती नै जारी गरेका छन । शर्माले अदालतको फैसला न्यायपुर्ण नभएको भन्दै आत्मसमर्पण नगर्ने बताएका हुन् ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया