कर्मको फल मानव सन्सारले यही धर्तीमा पाउँछन् : निर्देशक दादी

बारा । ब्राह्मण कुमारी राज योग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगीनी परम अदर्निय राज दादीले कर्मको फल मानव सन्सारले यही धर्तीमा पाउँने बताएकी छ्न् । बाराको कोल्हभीमा ब्राह्मण कुमारी राजयोग सेवा केन्द्रको नव निर्मीत भवन समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको आसनमा बोल्दै उनले उक्त कुरा बताएकी हुन् ।

उनले जब मानव सन्सार अलमलमा पर्छ त्यति बेला भगवान् आर्फै यो धर्तीमा अवतार भइ सन्सारलाई अल्मलबाट जोगाउने काम गर्छ त्यस कारण हामीले गरेको हरेक सेकेण्ड भगवानले हेरिरहने भएकाले गलत काम कहिल्यै नगर्न आग्रहसमेत गरिन् । मानव जाती जबजब ठूलो हुँदै जान्छ तब मानव सन्सारलाई ज्ञानको फर्सफुटन हुँदै जाने भएकोले घर परिवारमा अपशब्द प्रगोग नगर्न उनले आग्रह गरिन् ।

उक्त कार्यकममा कोल्हभी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ॐ शान्तिको यो भवनको निमार्णसँगै नगरबासीमा अध्यात्मिक चिन्तन बढ्ने तथा मानव सन्सार हितमा काम गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ब्राह्मण कुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी सञ्चालीका रविना दिदिले भवन समुद्घाटनमा कोल्हभीबासीको लागि पवित्राको सन्देश प्रभाव हुने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा ब्राह्मण कुमार भाइले भवन निर्माणको प्रगति विविरण प्रस्तुत गरेका थिए । उनले उक्त भवन ९८ लाख ७५ हजार ३५ रूपैयाँको कुल लागतमा १ कठ्ठा ३ धुरमा निर्माण गरिएको जानकारी गराएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य अच्यूत मैनाली, मधेस प्रदेशका प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, संविधानसभा सदस्य द्वव शोभाकार पराजुली, बलबिर चौधरी लगायतकाले ॐ शान्ति भवनसँगै यहाँको सम्पूर्ण नागरिकको कल्याण हेतु शुभकामना मन्त्व व्यक्त गरेका थिए ।

ब्राह्मण कुमारी राज योग सेवा केन्द्र नेपालका सहनिर्देशक किरण दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक ब्राह्मण कुमारी शुष्मा बहनले गरेकी थिइन् भने स्वागत मन्तव्य ब्राह्मण कुमारी राजयोग सेवा केन्द्र कलैयाकी सञ्चालीका मिना दिदिले गरेकी थिइन् ।

प्रतिक्रिया