सिम्रौनगढका शिक्षकहरुद्वारा तलब भत्ताको माग गर्दै प्रदर्शन

बारा । बारा जिल्लाको १६ स्थानीय तहमध्ये सिम्रोनगढ नगरपालिकाका शिक्षकहरुले तलब भात्ताको माग गर्दै आज विरोध प्रर्शन गरेका छ्न् ।

शिक्षक संघ सिम्रोनगढ नगर कमिटीका अध्यक्ष उमाशंकर प्रसाद यादवको अगुवाइमा निस्केको सो जुलुस ‘शिक्षक एकता जिन्दावाद,’ तलब भात्ता निकास गर,’ नितिगत म्याद थप गर, स्थानीय सरकार मुर्दावाद, विद्यालयमा राजनीति हस्तक्षेप बन्द गर , शिक्षक मार्न पाइँदैनलगायतको नारा लागाउँदै सिम्रौनगढ नगर परिक्रमा गरी कन्काली मन्दिर पुलचोकमा कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा शिक्षक सुरेन्द्र प्रसाद यादव, विरेन्द्र चौधरी, बृजकिशोर प्रसाद यादव, रामबाबु प्रसाद यादव, राकेश प्रसाद यादवलगायतकाले आफ्नो बिचार राखेका थिए । शिक्षक संघ सिम्रोनगढ नगर कमिटीका अध्यक्ष उमाशंकर प्रसादको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक सुरेश मुखियाले गरेका थिए ।

नगरपालिकामा अहिलेसम्म नगरपरिषद् गर्न नसकेर कुनै पनि कर्मचारीले तलब भत्ता खान सकेका छैनन् । साथै विकास निर्माणको काम हुन सकेको छैन । नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका नगरप्रमुख विजय भएका छन् भने वाडमा नेपाली कांग्रेसको बहुमत रहेको छ ।

प्रतिक्रिया