लमजुङमा धान उत्पादन बढ्यो

लमजुङ । लमजुङमा गत बर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार समयमै वर्षा, पर्याप्त मल र उन्नत जातकाे बिउ लगायतका कारण धान उत्पादन बढेको हाे ।

यस वर्ष नाै हजार तीन सय ८८ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ३० हजार नाै सय ८६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी विजय पौडेले जानकारी दिए । गत वर्ष सोही क्षेत्रफलमा लगाइएको धानखेतीबाट ३० हजार ६ सय ९८ मेट्रिकटन धान उत्पादन भएको थियो। धानखेतीको क्षेत्रफल नबढे पनि उत्पादन केही मात्रामा बढेको पौडेलले बताए ।

विशेष गरी जिल्लाको धमिलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटारलगायतका क्षेत्र धानको पकेट क्षेत्र मानिन्छ। यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुक्का २, साबित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रको साथमा लोकनाथ, गोरखनाथ, युएस ३१२, उपज, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउँदै आएका छन् । समयमै पानी, मोल, बिउ प्राप्त र गोडमेलले गर्नाले पनि गत बर्षको तुलनामा यस बर्ष धान उत्पादन रामो भएको कृषिकको भनाइ छ ।

प्रतिक्रिया