बैतडी । बैतडीको पाटन नगरपालिका– ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव एवं अभिभावक समारोह सम्पन्न भएको छ ।
५८औँ वार्षिकोत्सवको पुनित अवसरमा मंसिर १३ गतेका दिन सातवटा विद्यालयहरुको सहभागितामा अन्तर विद्यालय आधारभुत तह (६–८) स्तरीय हाजिरीजवाफ कार्यक्रम संचालन गरिएको थियो भने १५ गतेका दिन संस्कृतिक कार्यक्रम सहित भव्य रुपमा ५८औँ वार्षिकोत्सव मनाइएको विद्यालयका शिक्षक दिलिप सिंह कठायतले जानकारी दिए ।
विद्यालयका संस्थापक शिक्षक भाष्कर सिंह केसीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सामन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामी प्रमुख अतिथि रहेका थिए भने पाटन नगरपालिका वडा नं. ३, ८, ९ र १० का वडाअध्यक्षहरु विशिष्ट अतिथि रहेको विद्यालयले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि, पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधि, पूर्वनगर उपप्रमुख, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, सामुदायिक वनका प्रतिनिधि, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक विद्यार्थीहरुको सहभागितासहित ठूलो जनसहभागिता रहेको थियो ।
अन्तर विद्यालय आधारभुत तह स्तरीय हाजिरीजवाफ कार्यक्रममा प्रथम स्थान शिगास माध्यमिक विद्यालय गौरिशंकर पोखरी पाटन ३, द्वितिय स्थान आधारभूत विद्यालय पन्त्यौडा पाटन ६, तृतिय सिद्धेश्वर माध्यमिक विद्यालय पाटन ९, हुक्केडाँडा र सान्त्वना जनता माध्यमिक विद्यालय पाटन ८, आरुबाट विद्यालयका सहभागि विद्यार्थीहरुको समूहले स्थान प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । वार्षिकोत्सवमा सदनात्मक एवं एकल रुपमा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मान बहादुर चन्दले विगत एक वर्षको वार्षिक प्रगती प्रतिवेदन सभामा पेश गरेका थिए । कक्षा १२ सम्म पढाई भइरहेको यस विद्यालयमा हाल पाँच सयभन्दा बढी विद्यार्थीहरु अध्ययन रहेका छन् ।
भोगौलिक रुपमा जिल्लाकै उत्कृष्ट केन्द्र बिन्दुको रुपमा रहेको यस विद्यालयमा पाटन नगरपालिका वडा नं. २, ३, ६, ८, ९ र सुर्नया गाउपालिकाको वडा नं. ५ का बालबालिकाहरु यस विद्यालयमा प्रत्यक्ष अध्यनको लागि आउँछन् भने उच्च शिक्षा अध्ययनका लागि अन्य क्षेत्रबाट आउने गरेको शिक्षक कठायतले बताए । कार्यक्रममा बोल्दै प्रमुख तिथिले विद्यालयको अनुशासन राम्रो रहेको र विद्यालयको सर्वाङ्गि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन् ।
प्रतिक्रिया