लमजुङ । लमजुङमा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तिहारको अवसरमा खेलिने देउसीभैलोलगायतका कार्यक्रम राति १० बजेपछि खेल्न नपाइने भएको हो ।
हिन्दुहरुको महान पर्व तिहार नजिकिएसँगै जिल्लामा घटना घट्न सक्ने, नकारात्मक गतिविधिलाई ध्यानमा राखी आम सर्वसाधारणको दैनिकिमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसीभैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रशासनले बिहान ७ बजेदेखि राति १० बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक सूचना जारी गरी दीपावलीको अवसरमा पटका, जुवातासलगायतका विस्फोटक पदार्थको बिक्री–वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।
देउसीभैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसीभैलोलगायतका कार्यक्रम गर्न आग्रह गरिएको हो ।
विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको छ ।
लमजुङ
प्रतिक्रिया