काभ्रे । विद्युत सर्ट हुँदा यौटै घरको चार सटर पसलमा आगलागी भएको छ । आज (शुक्रबार) बिहान काभ्रे जिल्लाको पाँचखाल नगरपा लिका– ४ समाजकल्याण चोकस्थीत उद्धवप्रसाद तिमिल्सिनाको घरको सटरमा अचानक विद्युत सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।
सो आगलागीमा सोही घरमा रहेको ९ सटरमध्ये ४ वटा कपडा पसल पूर्णरुपमा जलेर नष्ठ भएको बताइएको छ । साथै ३ वटा होटल १ मोबाईल पसल, र १ मासु पसल सटरमा अंशिक क्षेति भएको र मानविय क्षेति भने नभएको बताइएको छ ।
उक्त आगलागी घटना नेपाल प्रहरी, एपिएफ, स्थानीय र दमकलको सहयोगमा सात बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । पसलको क्षेतिको विवरण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया