राष्ट्रसंघका महासचिव गुटेरेसलाई पोखरामा यसरी गरियो स्वागत (फोटो फिचर)
सौर्य अनलाइन२०८० कार्तिक १३ गते १६:०० मा प्रकाशित
नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे।
गण्डकी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आउनुभएको हो ।
गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे ।
विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।– रासस
पोखरा भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबारे स्वागतका लागि पोखरा विमानस्थलमा भइरहेको तयारी ।नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।पोखरा विमानस्थलमा सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ।नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरा विमानस्थलमा सोमबार स्वागत गर्दै नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष एवम् राससकर्मी जमुनावर्षा शर्मा ।नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसलाई पोखरा विमानस्थलमा पञ्चेबाजाबाट स्वागत गरिँदै ।नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसलाई पोखरा विमानस्थलमा नेवारी समुदायमा प्रख्यात तायाःमचा नृत्यबाट स्वागत गर्दै कलाकार ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा भ्रमणमा आउँदा पोखरेलीले पहिराइदिएको माला र पाल्पाली ढाका टोपीमा सजिएर विमानस्थलबाट बाहिरिँदै ।
प्रतिक्रिया