स्त्रीमा पुरुष, पुरुषमा स्त्री

swami-nikhileswaranandaअणु परिवर्तन भएपछि तिमी देवता बन्ने छौ । देवता बन्यौ भने तिमी तिनका समकक्षी हुनेछौ जो कृष्ण छन्, जो इन्द्र छन्, जो यम छन्, जो कुवेर छन्, जो रुद्र छन्, जो शिव छन्, जो विष्णु छन्, जो ब्रह्मा छन्, तिमी उनकै समकक्षमा खडा हुने छाँै । यसपछि तिमी जहाँ चाह्यो त्यहीँ जन्म लिन सक्ने छौ, त्यो पनि चाह्यो भने मात्र जन्म लिन सक्ने छौ । मनचाहे गर्भमा जन्म लिन सक्ने छौ, ब्रह्माण्डको जुन लोकमा जान चाह्यो त्यसैमा जान सक्ने छौ ।
भेडाको एक अणुबाट सर्वाङ्ग भेडा बन्न सक्छ भने तिम्रो शरीरमा त लाखौँ अणु छ । लाखौँ अणुबाट असीमित शक्ति प्राप्त हुन सक्छ । एउटा अणुवमले हिरोसिमा, नागासाकीलाई समाप्त गर्न सक्यो । तर, अणुलाई परिवर्तन गरेर मात्रै त्यस्तो असीमित शक्ति प्राप्त गर्न सकिन्छ र, यस्तो परिवर्तनको क्रिया ग्रहणकालमा मात्रै हुन सक्दछ । यस्तो क्षण जुर्‍यो भने सारा शरीर आलोकित हुनेछ, चैतन्य हुनेछ । सम्पूर्ण शरीरमा भूकम्प जानेछ, भूइँचालो जानेछ । आज विश्वमा जे भैरहेको छ, त्यो तिमीले देखिरहेका छौ–बुथ क्याप्चरिङ भइरहेको छ, बम विस्फोट भइरहेको छ, यतिका मानिस मरिरहेका छन्, जतासुकै मानिस असुरक्षित भइरहेका छन् । यो के भएको ? सारा विश्व बदलियो, नेता बदलिए, स्थिति बदलियो, तिम्रो पूरा जीवन नै बदलियो । यो रचनात्मक पनि त हुन सक्थ्यो । अब पनि हुन सक्दछ तर मनुष्य शरीरबाट यो सम्भव छैन । सबभन्दा पहिले तिम्रो अणुलाई परिवर्तन गर्नु जरुरी छ । यसमा दुई तरिका छ– साधना या दीक्षाको माध्यामबाट ।
कृष्णले म देवता हुँ, म महापुरुष हुँ, भनेर कि त अर्जुनलाई सम्झाउनु पर्‍यो नभए आफ्नो विराट रूप देखाउनु पर्‍यो । तेस्रो उपाय छँदै थिएन कृष्णसँग । सम्झाउँदा सम्झाउँदा उनी थाके । अनि म तिम्रो सारथी होइन सारा ब्राह्मण्ड मेरै भित्र समाहित छ, हेर अब भनेर आफ्नो विराट रूप देखाइदिए । त्यसपछि मात्र ज्ञान भयो अर्जुनलाई ।
त्यसैले म तिमीलाई साधना गराउँm या दीक्षा दिऊँ । मैले मन्त्र दिएँ भने पनि तिमी जप गर्न सक्दैनौ, गर्‍यौ भने पनि शरीरले गर्नेछौ, कहिले गर्छौ कहिले गर्दैनौ । कहिले खान खाएर गर्ने छौ, कहिले आलस्य भएर । यात्रामा हुँदा त्यो पनि गर्न सक्दैनौ । गर्न पाएनौ भने मेरो मिहिनेत पनि बेकार भयो, गुरुजी केही पनि भएन भनेर तिमी नै भन्ने छौ । म यस्तो स्थिति आउन दिन चाहन्नँ । यसका लागि एउटा तरिका छ– ब्रह्माण्ड रूप देखाउनु, अर्को तरिका हो दीक्षा दिनु । साधनाद्वारा पनि यो हुन सक्छ– पूर्ण अणु परिवर्तन देवत्व सिद्धि । दीक्षाको माध्यमबाट पनि हुन सक्छ । दीक्षा दिनु गुरुका लागि कठीन काम हो । किनभने उनले आफ्नो शरीरको, आफ्नो तपस्याको अंश दिनुपर्दछ । सन्तान पैदा गर्नु ज्यादै कठीन छ । किनभने उसले आमाको सारा शरीरको रगत निचोरेर पिइदिन्छ । आमाले जे खायो त्यसको सारा रस बच्चाकै पेटमा जान्छ । आमाको शरीरमा विस्तारै तागत कम हुँदै जान्छ, अशक्त हुँदै जान्छे, हिँड्न चल्न नसक्ने हुन्छे । के भएको उसलाई ? सारा रस बच्चाले लिइदियो । यदि मैले दीक्षा दिए भने मेरो सारा सत्व तिमीले लिइदिनेछौ । त्यसैले गुरुले सहज रूपमा दीक्षा नै दिँदैनन् । यदि दिक्षा मिल्यो, कुनै सद्गुरुले यस्तो दीक्षा दिए भने त पक्कै पूर्णताको अनुभूति पनि हुनेछ ।
जुनसुकै पुरुषले पनि तबमात्र पूर्णता प्राप्त गर्न सक्दछ जब उसमा स्त्रीत्व आउँछ, नारीत्व आउँछ । एकपटक तिमी आफैँलाई गुर्जरी या गोपी बनाएर हेर अनि कृष्णको भजन सुन । त्यसपछि आफ्नो चित्त या मन कति कोमल बन्यो हृदय प्रेमबाट कति सिक्त भयो भनेर तिमीलाई अनुभूत हुनेछ । पौरुषता एउटा अलग चीज हो, त्यो आवश्यक छ, तर त्यो पौरुषतामा जबसम्म एक नारी सुलभ कोमलता आउँदैन, तबसम्म सर्वाङ्गीण विकास पनि हुन सक्दैन । जीवन केवल पुरुषबाट मात्र बन्न सक्दैन । जीवन केवल स्त्रीबाट मात्र पनि बन्न सक्दैन । भगवान् शिव अर्धनारीश्वर कहलाए– आधा शरीर नारीको, आधा शरीर पुरुषको । कृष्णलाई पनि अद्र्धनटराज भनियो– आधा एकदम लक्ष्मी स्वरूप, आधा नारायण स्वरूप थिए । यस्तो किन भनियो ? अर्धनारीश्वर भन्नुका पछाडि के मतबल छ ? के शिवको त्रिशूलमा ताकत थिएन ? के सुदर्शन चक्र काम नलाग्ने भएको थियो ?
अनुवाद : शिव ढकाल
मन्त्र,तन्त्र, यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया