धोबीनी गाँउपालिकाको ८औँ गाउँसभा सम्पन्न, ३६ करोड ५ लाखको बजेट प्रस्तुत

पर्सा । पर्साको धोबीनी गाउँपालिकाको ८औँ गाउँसभा आज सम्पन्न भएको छ । असार १५ भित्रै हुनुपर्ने गाँउसभा तीन महिना ढिलो गरी आज सम्पन्न भएको हो । शुक्रबार आयोजित गाँउसभामा चालु आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम तथा गाउँसभाबाट ३६ करोड ५ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

गाँउसभामा धोबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३६ करोड ५ लाख ५५ हजार बराबर को अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । धोबिनी गाउँपालिकाको गाउँसभा धोबिनी गाउँपालिकाको सभा हलमा भएको हो । गाँउसभाको उद्घाटन गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले गरेका थिए ।

गाउँसभामा बोल्दै अध्यक्ष चौहानले भने राजनीतिक समस्याको कारण गाउँसभा ढिलाई भएको र त्यस कारण विकासको काम र जनताहरुको कामकाजमा समस्या भइरहेको बताए । अब विकासलगायत जनताहरुको कामकाज छिटो छरितो हुने उनले प्रतिबद्धता जनाए ।

गाउँसभा कार्यक्रम मा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला तथा बालबालिका र भौतिक पूर्वाधार विकासलगायत प्राथमिकतामा रहेको उनले बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर कुर्मी, गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत महम्द नवाज हुसेन, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, धन्नजय दास, प्रदिप पटेल, लगायत पाँचवटै वडाका वडाध्यक्ष बन्धु साह तेली, देवेन्द्र पटेल, राजकिशोर कुर्मी, अबास मियाँ चुरिहार, मनाउर मियाँ, गाउँपालिका महिलालगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया