स्वास्थ्य संस्थाले मनपरी शुल्क लिएपछि भरतपुर महानगरले तोक्यो डेंगु परीक्षण शुल्क

चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो ।

महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन् ।

जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु ६ सयमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया