पाँचथर । जिल्लामा राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दको प्रभाव बिहानैदेखि परेको छ । बिहानै देखी यातायातका साधनहरू चल्न सकेका छैनन् । बजार क्षेत्र पनि प्रभावित बनेको छ । सडकमा नेपाल प्रहरी र ससस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ, भने शैक्षिक संस्थाहरु बन्द छन् ।
१८३१ साल साउन १८ गते लिम्बुवान र पृथ्वी नारायण साहबीच भएको ताम्रपत्रलाई साउन २२ गतेको नुनपानी सन्धीले विस्थापित गरेको विरोधमा जनमुक्ती पार्टीले २०६६ सालदेखि साउन २२ गतेलाई हालको कोशी प्रदेशमा कलो दिन मनाउँदै बन्द आह्वान गर्दै आएको छ ।
उक्त सन्धिले लिम्वुवानको स्वायत्तता हरण गरेको जनमुक्तीको अडान छ । यस बन्दलाई पहिचानको मुद्वा उठाएर आन्दोलन गर्दै आएका लिम्वुवान पार्टीसहित ६ दलको समर्थन रहेको जनाएको छ । विसं १८३१ साउन २२ गते लिम्बुवान स्वायत्त राज्यबाट एकात्मक शासन व्यवस्थामा विलय गरिएको भन्दै प्रत्येक वर्ष साउन २२ गतेका दिनलाई परिषदले कालो दिनको रुपमा मनाउंदै आएको छ । फिदिम बजारका स–साना पसल छिट पुटरुपमा खुलेका छन् ।
प्रतिक्रिया