शिक्षक बन्ने रुची प्रवर्धन गर्न कार्यशाला !

काभ्रे । पछिल्लो समय विज्ञान र गणित संकायमा अध्यापन गराउने शिक्षक आवश्यकताको सूचना दर्जनपटक गर्दा पनि आवेदन दिन रुची देखाउने घटेका छन् ।

यसैबीच जिल्लामा पनि भुम्लु गाउँपालिका–४ को सेतीदेवी माविमा मावितहको गणित बिषयको शिक्षक पदपूर्तिको लागि छैठौँपटक सूचना जारी भयो । विद्यालयका अनुसार छैटौँ पटकको रुचनामा पनि कुनै आवेदन परेन । मावि शिक्षकको अभाव विशेष गरी गाउँमा मात्रै होइन, सहरी इलाकामा समेत बढ्दो छ । यसै बीच टिच फर नेपालले शिक्षक पूर्ति गर्न केही वर्ष अघिबाट केही जिल्लाका विद्यालयमा विद्यार्थी माझ कार्यशाला गर्दै आएको छ ।

त्यसै संस्थाका (अलमनाई) काम गरेका केही युवाले काभ्रेको बनेपा नगरपालिकामा स्टेम परिचय कार्यशाला चलाउँदै आएका छन् ।
किशोरीहरूका लागि स्टेम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित संकाय प्रतिको रुची प्रवर्धन गर्नका लागि उद्देश्य गल्र्स इन स्टेमले बनेपा नपरपालिकाको समन्वयमा दुई दिने स्टेमको परिचयात्मक कार्यशाला साउन ५ र ६ गते आयोजना गर्यो ।
स्टिटिङवुमेन विन (स्टिचिङ वमनविन) नामक संस्थाको फ्रि स्टेम फन्डबाट सहयोग जुटाइएको थियो । यस कार्यक्रममा स्टेमसम्बन्धी पेसामा महिलाहरूको सहभागिता, समस्या समाधान, गणित विषयको रुचि र विज्ञान संकायको रुचिलाई मनोरञ्जनात्मक तरिकाबाट कोडिङलगायत समस्या सामाधान गर्न सिकाउने, किशोरावस्थाको स्वास्थ्य र वित्तीय साक्षरतासमेत सम्बन्धित विद्यार्थीको समग्र विकासमा सहयोग पुर्याउन कार्यशाला राखिएको छ ।

डिजाइन थिंकिङ र कोडिङ सूचना तथा सञ्चार प्रविधिको सिकाइमा निकै लाभदायी तरिकाबाट प्रस्तुती दिने गरेको उद्देश्य नेपालको कार्यक्रम संयोजक ऋचा न्यौपानेले बताइन् । यस्तै स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम गरिरहेको र यसको प्रभाव मूल्यांकन गर्दा समेत यो प्रभावकारी हुने भएको समन्वय अधिकारी स्वरूप शाक्यले बताए ।

कार्यक्रका बारेमा आयोजकसमेत रहेकी जेनिशा शाक्यले भनिन्, ‘हामीले यो भन्दा पहिलेका वर्षमा अरू जिल्लाका विद्यालयमा बालबालिकामा छुट्टै अनुसन्धान गरी पढाएका थियौँ, त्यो रिपोर्टपछि यो कार्यक्रमको प्रभाव रहने मूल्यांकन भएरै विद्यार्थीलाई कार्यशाला कार्यक्रम गरिरहेका छौँ । यसले भविष्यमा नेपालमा लैंगिक समानताको कुरा र विशेषत विज्ञान र गणित संकायका शिक्षकको उत्पादन बढाउन सहज हुन्छ ।

विद्यार्थीमा भित्रि रुची भर्ने र उनीहरूमा सिकाइको अलग तरिका र विभिन्न प्रविधि र एप्सहरूमार्फत सिकाउन सकिन्छ यसले उनीहरूमा भविष्यमा शिक्षक बन्ने रुची बढाउन सहयोग पुग्ने हाम्रो निष्कर्ष छ ।’ शाक्यले यो कार्यक्रमको उद्देश्य छात्रछात्रालाई स्टेमको बारेमा जागरुक गराउन र स्टेममार्फत आफ्नो भविष्य बनाउन उत्प्रेरणा दिने रहेको बताइन् ।

बनेपास्थित हिमालयन माविका कक्षा ६, ७ र ८ कक्षामा पढ्ने १९ जना विद्यार्थीलाई विभिन्न परीक्षाका आधारमा छनोट गरी दुईदिने कार्यशालामा समावेश गरिएको थियो । यसअघि बनेपाकै चैतन्य स्कुलमा पनि २२ विद्यार्थीमा सो कार्यक्रम आयोजना गरिएको र उनीहरूमा अनुसन्धानसमेत गरिएको शाक्यले बताइन् । शाक्यको अनुसार छात्रछात्राले डिजाइन विमर्श कार्यशालाबाट समस्याको समाधान खोज्न, नेतृत्व विकासका विभिन्न पाटाहरू र जीवनमा स्टेमको प्रयोग गर्ने तरिकाको अभ्यास गर्नेछन् । विद्यार्थीले रोचक तथा ज्ञानबर्धक रूपमा कक्षामा प्रस्तुत गर्ने तरिका र विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित विषयबाट राम्रो भविष्य बन्न सक्ने बारे पनि ज्ञान प्राप्त गर्नेछन् । कार्यशालाले सीप सिकाउने र व्यक्तिगत जीवनमा तथा समुदायमा आउने विभिन्न समस्याहरूको सामना गर्न सिकाउने प्रयाससमेत गर्नेछ ।

समन्वय अधिकारी स्वरुप शाक्यका अनुसार यो कार्यशालाको मुख्य उद्देश्य छात्राहरूले उनीहरूका समस्या सामाधन गर्न भूमिका खेल्न उत्प्रेरित गराउनु हो । यसको सुरुआत स्टेमबाट भएको छ । ‘मौका मिले एक महिलाले पनि देश बदल्न आफ्नो योगदान दिनसक्छ ।’ भन्ने भावना किशोरीहरूमा पैदा हुने हुन्छ । बनेपामा उद्देश्यले आयोजना गरेको दोस्रो कार्यशाला हो । गतवर्ष यस्तै कार्यशाला चैतन्यमा बिमा आयोजना गरेर बनेपामा स्टेम सिकाइमा छात्राहरू र स्टेम संकायमा महिलाहरूको अभियान सुरु भएको हो ।

‘स्टेममा लैंगिक समानता, समतामूलक समाजको परिकल्पना मुख्य उद्देश्य हो । हामीले शिक्षा शाखा महिला तथा बालबालिका विकास शाखाबाट समन्वय गर्दै यस्तो कार्यक्रमहरू गर्दै आएका छौँ,’ उनले भने । यस्ता कार्यक्रम बनेपा नगरपालिकाको समन्वयमा अन्य विद्यालयमा पनि आयोजना गरिनेछ ।

बनेपाका इच्छुक युवाहरूलाई पनि कार्यक्रम सञ्चालनमा मेन्टर सुरु गरिएको छ । यस्ता कार्यक्रमले सूचना तथा इन्जिनियरिङ र गणितसम्बन्धी पेसामा महिलाको प्रतिशतलाई बढाउने लक्ष्य राखेको आयोजकको दावी छ । हाल यी क्षेत्रमा विश्वभरमा ३ सय ५ महिलाको सहभागिता रहेको आयोजकले बताए ।

प्रतिक्रिया