कालिकामाईमा ३० करोड ९१ लाख बराबरको बजेट प्रस्तुत

पर्सा । पर्साको कालिकामाई गाँउपालिकाको ९औँ गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष
बशिष्टकुमार गुप्ताको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष राजमती देवी बरैनले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि ३० करोड ९१ लाख ९८ हजार २ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष गुप्ताले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकासमुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गुप्ताले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको बताए ।

कालिकामाई गाउँपालिकाको विकासमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण विकासले गति लिएकोमा उनले सबै जनालाई धन्यवाद समेत दिए । उनले जबसम्म सबैको सहयोग र सहकार्य हुँदैन भने विकासको काममा कमी आउने बताए ।

कालिकामाई गाउँपालिकाको विकासमा सबै राजनीतिक पार्टीरुसँग सहकार्य गरी चल्ने प्रतिबद्धता समेत उनले गजनाएका थिए । गाउँ कार्यपालिकाको कार्यालय सभाहलमा भएको कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत नमोनाथ यादवले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा वडाध्यक्ष सन्जय पटेल, सोनालाल चौरसिया, लालबाबु प्रसाद, सन्जय साह, जयनारायण कुर्मी, कार्यपालिका सदस्य हरिओम साह, समाजसेवी आरमान खाँ, कार्यपालिका सदस्य ,गाउँपालिका महिला, पुरुष सदस्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिक्रम राउत बरैयले गरेका थिए । कार्यक्रममा सात जना पत्रकारहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया