पर्साको पटेर्वा सुगौली गाउँपालिकाको बजेट पारित

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँथपालिकाको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारित गरिएको छ । शनिबार पटेर्वासुगौलीको स्वास्थ्य चौकीको सभा हलमा भएको ११औँ गाँउसभाको बैठकबाट बजेट पारित भएको हो । गाँउपालिकाकी उपाध्यक्ष ममता महतोले आगामी आर्थिक वर्षका लागि ३९ करोड २५ लाख ३ सय रुपैयाको बजेट पारित गरि प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा बजेटमा कृषि प्राविधिक शिक्षालय निर्माण, पालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम, पालिका प्रमुख युवा स्वरोजगार कार्यक्रम पालिका उपाध्यक्ष सुत्केरी महिला कोशेली कार्यक्रम, रंगपुर बजार ब्यवस्थापन तथा निर्माण, मनिहर्वामा बसपार्क निर्माण, थारु संग्रहालय निर्माण, कृषि च्याम्बर निर्माण, मन्टेश्वरी कक्षा संचालन तथा ब्यवस्थापन तथा शिक्षा स्वास्थ्य , कृषि, पर्यटन महिला बालबालिकालगायतको बिषय प्रमुख प्राथमिकतामा राखेको छ।

गाउँ सभामा १ देखि ५ नं वडाबाट समेटिएको बजेट पारित गरि प्रस्तुत गरिएको छ । गाउँ सभा गाउँपालिका अध्यक्ष दिनेशप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । गाउँ सभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाअध्यक्ष फारमान मियाँ, बिजय गैरे, माधव महतो थारु, सुबास चौधरी, बिपिन मुखियालगायत कार्यपालिका सदस्य, गाउँपालिकाका महिला र पुरुष सदस्य, कर्मचारी शिक्षा प्रमुख शम्भु साह, योजना प्रमुख राजकुमार महतो, आईटी अफिसर शैलेन्द्र पंजियालगायत स्थानीय हरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया