जमेनन् नेपाली खेलाडी

चेन्नाई, ७ माघ : चेन्नाई सुपर किग्स अन्तर्राष्ट्रिय ग्रान्डमास्टर चेस प्रतियोगिताको ६ चरणको समाप्तीमा नेपाली खेलाडीको प्रदर्शन समान्यभन्दा माथि रहन सकेको छैन । प्रतियोगिताको पाँचौँ चरणमा ग्रान्डमास्टर सेतुरमन एसपीसँग राम्रो खेलेका शूरवीर लामाले अन्य माथिल्ला खेलाडीसँगको खेलमा भैँm यस खेलमा पनि साधारण गल्ती गर्न पुगे । छैटाँै चरणमा हसन हल्भानगरसँगको खेलमा जित हात पारेका शूरवीरको ३.५ अंक छ । यसैगरी पाँचौँ चरणमा आइएम अनुप देशमुखसँग पराजयको सामना गरेका प्रचण्ड मालाकारले छैटौँ चरणमा पि थमारसेल्भीलाई पराजित गरे । यी दुवैको ३.५ अंक छ । पाँचौँ चरणमा कठिन जित हात पारेका कृष्ण थापा छैटाँै चरणमा आइएम विजयलक्ष्मीसँग पराजित भए । उनको तीन अंक छ । पाँचौँ चरणमा दाउद केलाई हराएका उमेश केसी छैटौँ चरणमा बिसाल्टी आरसँग पराजित भए । उनको दुई अंक छ ।

पाँचौँ चरणमा जोन जेमरिहलाई हराएका सुशील चौधरीले छैटौँ चरणमा प्रचलेससँग हारे । उनको दुई अंक छ । पाँचौँ चरणमा एसेक काननसँग पराजित विपिन अमात्यले छैटौँ चरणमा मानु डेविड सुधारनसँग बराबरी गरे । उनको तीन अंक छ । प्रतियोगिताका चिनियाँ ग्रान्डमास्टर लु सेंगाई र जर्मनीका तेजास बाक्रे समान ५/५ अंकका साथ शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया