सौर्यकर्मी विष्ट ‘नगर सुशासन’ पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौं । सौर्य दैनिकका रुकुम पश्चिम संवाददाता अर्जुन विष्टलाई आठबिसकोट नगरपालिकाको चौधौँ नगरसभाको अवसरमा ‘नगर सुशासन’ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

नगरको सुशासन, विकास र सार्वजनिक सेवा प्रवाहसम्बन्धी रिपोर्टिङ गरी सुशासन कायम राख्न भूमिका उल्लेखनीय निर्वाह गरेको भन्दै सोमबार आयोजित आठबिसकोट नगरपालिकाको चौधौँ नगरसभामा पत्रकार विष्टलाई रु दश हजार नगदसहित सम्मान गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

ताजा पत्रिकाका प्रधान सम्पादक रहेका पत्रकार विष्ट सौर्य दैनिक रुकुम पश्चिम संवाददाताका रुपमा जिल्लामा पत्रकारिता गर्दै आएका छन् । एक दशक लामो पत्रकारिता गर्दै आएका विष्ट केही वर्ष यता जिल्लामा सक्रिय छन् ।

प्रतिक्रिया