पर्सा । पर्साको जिराभवानी गाँउपालिकाको १२औँ गाउँसभा सम्पन भएको छ । उक्त गाउँसभामा आर्थिक वर्ष २०८०–०८१ नीति तथा कार्यक्रमबाट ३४ करोड ८० लाखको अनुमानित बजेट सार्वजनिक गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले गरेकी छन् ।
१२औँ गाउँसभा जिराभवानी गाउँपालिका– ३ जितपुरमा रहेको बरात भवनमा आयोजित कार्यक्रममा नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले राजनितिकर्मीको नीति लिएर विकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए ।
विकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर विकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने अध्यक्ष चौधरीले बताए । आगामी वर्षको नीतिअन्तर्गत जिराभवानी गाँउपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन प्रबर्द्धन र महिला बालबालिकाको हितमा काम गर्ने मुख्य प्राथमिकतामा राखेका छन् ।
गुणस्तर शिक्षाका लागि कतिपय नयाँ कार्यक्रम थप्प गरिएका छन् । एक वडा एक माध्यमिक विद्यालयको अवधारणा ल्याई हरेक जाती, धर्म तथा समुदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने नीति ल्याएका छन् । विद्यालयमा रहेका विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने नीति रहेका छन् ।
यसका साथै उपाध्यक्ष चौधरीले अगामी वर्षमा किसानहरुलाई विभिन्न किसिमका खेती गर्न सहज हुने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दिनहु जग्गा सुख्खा भइरहेको अवस्थामा सिँचाईका लागि दमकल प्रयोग गर्दा निकै खर्चिलो भएका कारणले गाउँपालिकाले अगामी वर्षमा विद्युतिय सिँचाईका कार्यक्रम ल्याउने भएका छन् ।
पालिकाअन्तर्गतका किसानका लागि निःशुल्क विद्युतिय मिटर जडान गरी सिँचाई गरेवापत उठेका विद्युत महसुल पनि पालिकाले तिर्ने नीति ल्याइएका छन् । साथै, सिँचाईका स्रोतअन्तर्गतका नदी, खोलामा ससाना सिँचाईका आयोजना सँचालनमा ल्याउने जनाइएको छ ।
साथै, विभिन्न कारणले सुक्दै गएका पानीको मुहानको संरक्षण तथा संवर्द्ध गरिने नीति रहेका छन् । उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम सञ्चालन गरिने उनले बताए । पालिकाका पाँचै वडाहरुमा नयाँ कृषि सडक निर्माण गरिने नीति रहेका छन् ।
सस्तो दरमा एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप एक वटा एम्बुलेन्स खरिद गरी सेवालाई प्रभाकारी बनाउने नीति रहेका छन् । गाँउपालिकाबासीहरुलाई ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी नीति रहेका छन् ।
साथै, पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई विकास गर्ने नीति रहेका छन् । संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माणसमेत गरिने नीति रहेका छन् । यसका अलावा पालिकाभित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दायाँ बायाँ रहेका एेलानी जग्गामा वृक्षारोपण गरिने जनाइएको छ ।
अगामी वर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने नीति लिएका छन् । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी वडा सदस्य नन्दकिशोर साहलेगाउँ सभामा शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य,सुरक्षाकर्मी, कर्मचारीलगायत उपस्थिति रहेका थिए ।
पर्सा
प्रतिक्रिया