मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले १३औँ नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । छाँनाथ रारा नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को लागि नीति तथा कार्यक्रम सार्वजानिक गर्दै नगरपालिले स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, खानेपानी, सरसफाइलाई विशेष जोड् दिँदै फोहोर बाट मोहोर कसरी संकलन गर्न सकिन्छ विविध किसिमका कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकता राख्दै मुगु जस्तो दुर्गम जिल्लामा रोग स्वास्थ्य क्षेत्रमा पछाडी परेको जिल्लालाई मध्येनजर गर्दै सदरमुकाम गमगढी बजारमा यसै आर्थिक वर्ष बाट दुई वटा सहुलियत मूल्यमा औषधि उपचार सहित फार्मेसि सेवा पनि सञ्चालनमा ल्याउने बताए ।
यस्तै उनले भौगोलिक अवस्थाले विकटता, जिल्लामा प्रायः सबै क्षेत्रमा सडक सञ्जाल नपुगेका स्थानहरुमा जोखिम मोलेर आफ्नो पेशाप्रति कटिबद्ध रुपमा काम गर्दै आइरहेका जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य विमा कार्यक्रम थालनी गर्ने नीति तथा कार्यक्रममा सार्वजानिक गरेका हुन् ।
समृद्ध नगरपालिका सुखी नगरबासीको चाहनालाई परिपुर्ति गर्न आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार , वातावरणिय र सुशासनको क्षेत्रमा प्राथमिकताका साथ समृद्ध नगरपालिकामा जोड दिइने नीतिमा उल्लेख गरिएको छ । आइतबार सार्वजानिक गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुलाई हिँडडुलमा सहजाताका लागि बुढेसकालको साहरा लठ्ठी भन्ने कार्यक्रम सञ्चालान गरी आधुनिक हाते लठ्ठी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
जातिय विभेदका कारण दलित समुदायका ज्येष्ठ नागरिकहरुलाई अरु गैरदलितका ज्येष्ठ नागरिकसँगै खाना बस्न विभेद हुने भएकाले उनीहरुको लागि छुट्टै वृद्धआश्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो ।
साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तिर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरु छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
साथै, पत्रकारिता क्षेत्रको प्रवर्द्धन एवं विकासका लागि पत्रकार महासंघलगायत सञ्चारसँग सम्बद्ध निकायहरुसँग समन्वय गरी सञ्चारमैत्री कार्यक्रम सञ्चालन गरिने र सुशासन एवं पारदर्शितालाई मुल मन्त्र मानी प्रत्येक वर्ष उत्कृष्ठ पत्रकार सम्मान कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।
यसैबीच चंखेली हिमालको पर्यटन प्रवर्द्धनका लागि जागरण अभियान सञ्चालन गरिने, एसईईमा अंक ल्याएका दलित छात्र–छात्रालाई उच्च शिक्षा अध्ययनको लागि सहयोग गरिने, श्रमदान अभियान सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धतासहित आव २०८०–८१ नीति तथा कार्यक्रम सार्वजानिक गरिएको छ ।
मुगु
प्रतिक्रिया