पर्सा । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को सातौ नगरसभाले ४५ करोड ८ लाख २ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
पोखरियामा रहेको बैकट सभाहलमा शनिबार भएको सातौ नगरसभामा नीति तथा कार्यक्रम नगर उपप्रमुख रुबि ठाकुरले प्रस्तुत गरिन् । नगरसभाको नीति तथा कार्यक्रमको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले गरेका थिए ।
नगरप्रमुख चौहानको अध्यक्षतामा भएको सातौ नगरसभा कार्यक्रममा जनतासँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको प्रमुख चौहानले बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेलादेखि अहिलेसम्म सिक्ने अवस्था छ । अब बिस्तारै जनातासँग गरिएको प्रतिबद्धता पूरा गरिने छ । भाषणमा र काममा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन पोखरिया नगरपालिकाको बिकासका लागि म बसेको छैन पोखरिया नगरपालिकाको बिकासको लागि हरप्रकारले लागिपरेको छु । पोखरियाको बिकास पाँच वर्षीय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेको छु । योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाँकी छोडेको छैन ।’
उनले जनप्रतिनिधि र कर्मचारीहरु बीच समन्वय गरी अगाडि बडेकाले धेरैै बिकास निर्माण लगायतको काम अगाडि बढेका बताए । पहिला भन्दा करिब ११ करोड बजेट घटेकोले उनले दुखेसो पोखे । जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिलाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।
नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४५ करोड ८ लाख २ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । नगरसभा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार विकास, महिला बालबालिका उत्थान, खेलकुद, बालिका स्वर्ण बिमा लगायतको योजनालाई प्राथमिकतामा राखी विशेष जोड दिएको नगरप्रमुख चौहानले बताए ।
नगरसभा कार्यक्रममा नगर उपप्रमुख रुबि ठाकुरले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह गरिन् । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत देवराज सापकोटले समेत मन्तव्य राखेका थिए ।
पर्सा
प्रतिक्रिया