रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकम रुकुम पश्चिम र जाजरकोट कार्यालयको समन्वयमा टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले दुर्गम पालिकाको घरघरमा उक्त सेवा पु¥याउन लागेको हो ।
महत्वपूर्ण धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले यहाँको उच्च गतिको इन्टरनेट (डिजिटल) माध्यमका आवश्यकतालाई परिपूर्ति गर्न फाइबर विस्तारको प्राविधिक कार्य भइरहेको प्रादेशिक निर्देशनालय सुर्खेतका प्रमुख सन्तोष शर्माले बताए ।
फाइबर विस्तारपछि उपभोक्ताले उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न पाउने टेलिकम रुकुम पश्चिम कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । विस्तारित एउटै फाइबर नेटमा भ्वाइस टेलिफोन, इन्टरनेट, टेलिभिजन र एक जनालाई डाटालगायत सेवा उपलब्ध हुने शर्माले बताए ।
१० एमबिपिएस स्पिड सेवादेखि माथि आवश्यकता अनुसारको प्याकेज स्पिडको सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालनमा आइसकेको फाइबर नेट विस्तार अहिले आठबिसकोट नगरपालिकाको राडीबजारमा विस्तार भएको छ । फाइबर विस्तारपछि ग्राहकले साविककै मूल्यमा तेब्बर गतिको इन्टरनेट उपयोग गर्न सक्ने टेलिकमको दाबी छ ।
टेलिकमले फाइबरको डिभाइस र तारसमेत निःशुल्क उपलब्ध गराउने जनाएको छ । टेलिकम सुर्खेतले रुकुम पश्चिमका वटै पालिकामा फाइबर नेट विस्तार गर्ने लक्ष्य लिएको छ ।
एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन, टिभी र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याएकोमा टेलिकमलाई पालिकाको तर्फबाट आठबिसकोटका मेयर रवि केसीले धन्यवाद व्यक्त गरेका छन् । आठबिसकोटका १४ वटै वडामा टेलिकमको फाइबर नेट उपलब्ध गराउन मेयर केसीले टेलिकमलाई आग्रहसमेत गरे । टेलिकमको टेलिफोन सेवालाई भरपर्दो बनाएर आठबिसकोटका सबै वडाहरूमा इन्टरनेट पु¥याउने लक्ष्य रहेको केसीले बताए । ‘यो नेट प्रविधि घरसम्म फाइबर पु¥याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरूभन्दा छिटोछरितो छ, उच्च गतिको भाइबरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ’, उनले भने ।
उच्च गतिबाट इन्टरनेट चलिरहेकाले यो सेवा लिएका ग्राहक पनि खुसी भएका छन् । बिहीबार उक्त नेट जडान गरेर टेलिकमको पहिलोपहिलो ग्राहक बनेका आठबिसकोट नगरपालिका–११ का प्रेमबहादुर पुनले नेट प्याकेज राम्रो भएको र जति द्रुतगतिको हुनुपर्ने हो त्यतिस्पिड रहेको बताए । उनले भने, ‘टेलिकमले भनेको जति नेट द्रुतगतिमा छ, पहिलेको सेवाभन्दा राम्रो छ ।’
एफटिटिएच सेवाअन्तर्गत न्यूनतम एक वर्षका लागि १० एमबिपिएसको प्याकमा जम्मा ६ हजार र आठ हजार रुपैयाँमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबिपिएसको प्याकमा १२ हजार लाग्ने भएको छ । रुकुममा यो सेवा विस्तार भएपछि छिमेकी जिल्लाडोल्पामा पनि विस्तार गर्ने टेलिकमले जनाएको छ । उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ । यसअघि यो सेवा काठमाडौं लगायतका सहरहरूमा मात्रै सुरु गरिएको भए पनि पछिल्लो समय कर्णाली प्रदेशमा विस्तार गर्न थालिएको छ । हालसम्म ७२ वटा जिल्लामा फाइबर नेटको सेवा विस्तार भइसकेको टेलिकमले बताएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया