बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक पर्वत कुस्मा नगरपालिका—१ मालढुंगा बस्ने वर्ष २८ का राजेन्द्र माझी र वर्ष नखुलेको मार्केटिङ गर्ने जैमिनी नगरपालिका—१० राङ्खानी घर भई बागलुङ श्रीनगरटोल बस्ने दुर्गा पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताउनुभयो । जीपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

प्रतिक्रिया