पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरले रक्तदान कार्यक्रम गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा फिदिम रक्तदान कार्यक्रम गरेको हो । सो कार्यक्रममा ५ जनाले रक्तदान गरेका छन् ।
यसै सन्दर्भमा बिभिन्न स्थानीय निकाय, सरकारी कार्यालयमा जानकारी पत्र बुझाएको संघीय निर्वाचन क्षेत्रीय समिति सदस्य दिपक प्रकाश भण्डारी जानकारी दिए ।
रास्वपाले फिदिम चारबरेमा कार्यालय सञ्चालन रहेको जनाउँदै, जिल्लामा हुने समस्त बिकृति बिसंगतिहरुको पूर्ण निकास, असल र जनमुखी कार्यहरूको समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपाले स्थानीय तह सरकार, जिल्ला भित्रका सरकारी कार्यालयहरुमा जानकारी पत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सिडिओ, फिदिम नगरपालिका, जिसस कार्यालयहरूमा उपस्थित भइ जानकारी पत्र बुझाएका हुन् ।
प्रतिक्रिया