कोशी सरकारले अध्यादेशमार्फत ल्यायाे ३६ अर्ब २४ करोड ३५ लाखकाे बजेट (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारलेले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ । अर्थ मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् बजेट ल्याएका हुन् ।

आर्थिक मामिला मन्त्रालयको सभाहलमा कार्कीले सार्वजनिक गरेको बजेटमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ । पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ ।

त्यस्तै, स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो । प्रदेश संरचनाको निर्माणपछि पहिलोपटक कोशी प्रदेशले पहिलोपटक अध्यादेशमार्फत बजेट ल्याएको हो ।

हेर्नुस् बजेटको पूर्णपाठ:

प्रतिक्रिया