कालीगण्डकी नदीमा नुहाउन गएका दुई युवक डुबेर बेपत्ता

गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीमा डुबेर गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी छन्। गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता दुवैको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको सूचना अधिकारी पाठकले बताए । रासस

प्रतिक्रिया